बाइक मोडिफाई गर्ने वर्कसप सञ्चालकहरु पक्राउ

पोखरा ।
स्वरुप बिगार्ने (मोडिफाई) मोटरसाइकलविरुद्ध कारबाही अभियान चलाएको कास्की प्रहरीले आइतबार ८ वर्क सपका सञ्चालकलाई पक्राउ गरेको छ । यो आर्थिक वर्षभित्रै प्रहरीले ६ सय ८१ मोडिफाइड बाइकलाई नियन्त्रण लिएर कारबाही गरेको छ ।
प्रहरी उपरीक्षक मोहनकुमार थापा कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा आएपछि यो कारवाही थालिएको थियो । भदौ अन्तिमबाट फागुन २० गतेसम्मको अवधिमा ती मोटरसाइकललाई कारबाही गरी ७ लाख ४२ हजार ७ सय जरिवाना असुल भएको छ । यी बाइकलाई मोडिफाई गरिदिने वार्कसप सञ्चालकहरुलाई कास्की प्रहरीले कारबाही गरेको हो ।
प्रहरीले पोखरा ८ सिर्जनाचोकको ३६० वर्कसपका सञ्चालक २५ वर्षीय सुशील भुजेल, सोही वडाको सिमलचौरको पोखरा कस्टम वर्कसपका सञ्चालक सागर झाँक्री र बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तमलाई पक्राउ गरेको छ ।
सोही अभियोगमा पोखरा ९ को रोयल इनफिल्ड सोरुमका सञ्चालक ३९ वर्षीय शुकबहादुर गुरुङसमेत पक्राउ परेका छन् ।
प्रहरीले पोखरा १६ को लामाचौरमा रहेको चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी, पोखरा ११ को न्यु दीपज्योति अटोपार्ट्सका सञ्चालक मन्जर नासिम, पोखरा ५ मालेपाटनमा रहेको क्लासिक मोटरसायकलका सञ्चालक विनोद विक र पोखरा ११ को दीपक वर्कसपका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा पछिल्ला तीन दिनमा मात्रै ५९ स्वरुप बिगारेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक थापाले स्वरुप बिगार्ने मोटरसाइकलका धनीहरुलाई पहिलो पटक जरिवाना तिराएर अभिभावकको रोहबरमा छाड्ने गरिएको जानकारी दिए । ‘अब वर्कसपहरुलाई पनि कारवाही गर्छौं,’ उनी भन्छन् ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमा अधिकांश महंगा बुलेट, प्लसर लगायत छन् । ती मोटरसाइकलका हेडलाइट, साइलेन्सरदेखि चाबीसम्म मोडिफाई गरेको देखिएको छ । केहीले साइलेन्सरमा फलामे पाइप राखी एक्सेलेटर बटार्दा आँगो निस्कने बनाएको देखिएको छ । होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण भएको गुनासो बढेपछि कारबाही गरिएको हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया