राजकुमार बगरको प्रेमिल संगीत बजारमा

समाधान संवाददाता २०८० फागुन २२ गते ९:३१

पोखरा ।
चर्चित गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द संगीतमा ‘तिमी नभए…’ बोलको अर्को नयाँ प्रस्तुति सार्वजानिक भएको छ । गीतमा नवप्रतिभा रमेश किशोर ढकालले स्वर दिएका छन् ।


राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले नै गरेका हुन् । विशेष गरी वियोगान्त गीतहरू रचना गर्न रूचाउने बगरले यसपाली संयोगान्त गीत प्रस्तुत गरेका छन् । प्रेम दिवसलाई लक्ष्य गरी निर्माण गरिएको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र कविता न्यौपानेको अभिनय छ ।

एभरेष्ट ग्यालेरी नामक युट्युब च्यानलले बजारमा ल्याएको उक्त गीतमा जनक सिंहको निर्देशन, दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन छ । नेपाली संगीत बजारमा ढकालको उपस्थिति बलियो हुन सक्ने संगीतकर्मीहरुले अनुमान गरिरहेका बेला उनको गीतले अपेक्षित चर्चा बटुलिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया