नमस्ते ब्यान्डको महाशिवरात्री संगीत महोत्सव

पोखरा ।
नेपालको प्रख्यात नमस्ते ब्यान्डले (नमस्ते सांस्कृतिक संगीग प्रशिक्षण केन्द्र)ले १७ औं महाशिवरात्री विश्व संगीत महोत्सव २०२४ गर्न लागेको छ । ब्यान्डको ३५ औं वार्षिकोत्सव तथा महाशिवरात्रीको अवसरमा पोखरा र काठमाडाैंमा महोत्सव गर्न लागेको संयोजक ईश्वर गुरुङले जानकारी दिए ।
नेपाली संगीत, कला, साहित्य भाषा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय रुपमा सांस्कृतिक आदान प्रदान गर्दै आएको ब्यान्डले आगामी फागुन २५ गते काठमाडौं र २६ गते पोखरामा महोत्सव गर्न लागको हो । उनले विभिन्न विधाका स्वदेशी तथा विदेशी सांगीतिक समूह जमघट गराएर महाशिवरात्री विश्व संगीत महोत्सव १६ पटक आयोजना गरिसकेको बताए । उनले महोत्सवमा नमस्ते ब्यान्डका नेपाल जापानका नेपाली चर्चित ब्यान्डहरुसहित भारत, अमेरिका, जापान, वेलायत लगायतका कलाकारको सहभागिता रहने उल्लेख गरे ।
‘अहिलेको महोत्सव विगतदेखिको निरन्तरता मात्र नभएर व्यापक र भव्य रुपमा हुने छ,’ उनले भने, ‘नमस्तेसँग सबै रम्ने रमाउनेका साथै गीत संगीतले हिमाल, पहाड, तराई, गाउँ, सहर देउराली, कन्दरा भञ्ज्याङ गुञ्जनेछ ।’ उनले सबै विधालाई समेटेर गर्ने नमस्तेले गर्ने कार्यक्रम सधै ऐतिहासिक र सफल बन्ने विश्वास व्यक्त गरे । उनले पोखराको बाराहीघाट खेल मैदानमा हुने महोत्सवमा भजनकीर्तन लोक दोहोरी, ठाडो भाका प्रस्तुति हुने जानकारी दिए ।
महोत्सवमा आदिवासी जनजातिका झाँकी प्रदर्शनी, आतिसबाजी, शिवधुनी, दीप प्रज्वलन, आरतीसहित नमस्ते ब्यान्डको विशेष प्रस्तुति सहित सांगीतिक कार्यक्रम देखाइने छ । नमस्त ब्यान्डले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा शिवजी भट्टराई, पत्रकार प्रभु अधिकारी, सन्तोष बस्यालले महोत्सवका बारेमा जानकारी दिएका थिए ।
जापानबाट पहिलो गीति एल्बम एकता निकालेको अन्तर्राष्ट्रिय रुपमा संस्कृति आदान प्रदान गर्दै आएको ब्यान्डले नेपालमा मात्र नभएर विश्वभर अमिट छाप छोड्न सफल भएको छ ।
नेपाल र जापानमा स्थापना भएको सांगीतिक टोलीले नमस्ते कल्चरल स्टुडियो सञ्चालन गरेको छ । नेपाल भ्रमण वर्ष २०९८ विश्वको अग्लो स्थानमा शान्ति संगीत गरेर गिनिज वल्डमा नोमिनेसन भएको व्याण्डले सोही वर्ष नेपालमा पहिलो पल्ट ३० दिनमा २९ प्रमुख सहरमा मेची महाकाली संगीत यात्रा गरेर कृतिमान कायम गरेको थियो ।








दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया