मकैको भुत्लाबाट फूल बनाउने तालिम

समाधान संवाददाता २०८० फागुन २२ गते ९:३६

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ को आर्थिक सहयोग एवं लेखनाथ क्लब पोखरा–२६ र २७ घरेलुचौरको आयोजनामा महिलाहरुका लागि मकैको भुत्लाबाट फूल बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।

Advertisement


कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा न २७ का अध्यक्ष पूर्णकुमार गुरुङले तालिममा सिकेका सिप अन्य दिदिबहिनीहरुलाई पनि सिकाउन आग्रह गरे ।


उक्त अवसरमा लेखा अधिकृत रवीन्द्र अधिकारीले सिपविकास तालिमले व्यक्तिगत र सामाजीक रुपमा फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement


लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले खेर जाने वस्तुबाट यस किसिमका वातावरणमैत्री फुलहरु बनाउँदा वातावरण प्रदूषण हुनबाट जोगिनुका साथै स्वरोजगारको सिर्जना भई आयआर्जनको माध्यम बन्ने र महिलाहरु आत्मनिर्भर हुने वताएकी थिइन् ।


कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले खेर जाने वा गाईवस्तुलाई खुवाइने मकैको भुत्लाई आर्कषक फूलको रुपमा रुपान्तरण गर्न सकिएको बताउँदै तालिमको लागि सहयोग गर्ने २७ नम्बर वडा परिवारलाई आभार व्यक्त गरे ।

Advertisement


क्लबका सल्लाहकार एवं अघौंंपौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठले सिपमूलक तालिमको माध्यमबाट आत्मनिर्भर हुनुका साथै आयआर्जन वा रोजगारीमा समेत राम्रो अवसरहरु प्राप्त गर्न सकिने बताउँदै तालिमको लागि वडा परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै गाईखुरे टोल आमा समूहकी हिमाली थापाले घाम तपेर बस्ने गरेको समयमा फूल बनाउने तालिम लिन पाएकोमा उत्साहित भएको सुनाइन् ।


पोखरा–२७ को अर्चले र घरेलुचौर गरी २ समूहमा सञ्चालन गरिएको तालिममा २१ आमा/महिला समुहका ६३ जनाले भाग लिएका थिए भने प्रशिक्षकको भूमिका हेमकुमारी पुनले निर्वाह गरेकी थिइन् । तालिममा दुवै समूहतर्फ फूल बनाउने कार्यमा उत्कृष्ट हुन सफल प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना २/२ जनालाई क्रमश नगद ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।


क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मेजर रामबहादुर गुरुङले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सन्दीप थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया