स्कुल ड्रेस तथा ब्ल्यांकेट वितरण

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसले लमजुङको क्व्होलासोंथर गाउँ पालिका वडा नम्बर ९ गिलुङस्थित ज्योतिबिन्दु प्राविका १८ जना बालबालिकालाई स्कुल तयारी ड्रेस वितरण गरेको छ ।
वडाध्यक्ष हुमराज गुरुङले विद्यार्थीहरुलाई ड्रेस हस्तान्तरण गरेका थिए । लायन्स क्लब अन्नपूर्णको संयोजनमा रुङटा वेलफेयर सोसाइटी वीरगन्जबाट २७ थान ब्ल्यांकेट सोही वडा मा रहेको असहाय र विपन्न वर्गका २७ जनालाई उपलब्ध गराइएको थियो ।
गिलुङ पोखरा सम्पर्क समाज अध्यक्ष तथा लायन्स क्लब इन्टरनेसनल ३२५ जे डिस्ट्रिक आइटी चिफ दूधमान गुरुङले लायन्सले समाज सेवामा थप एककदम अगाडि बढेर गिलुङ गाउँ छनोट गरेका खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुुर क्षेत्रीले खुला हृदयले समाज सेवा गर्नु नै सच्चा समाजसेवा हुने बताए । लायन्स क्लब पोखरा अन्नपूर्णका प्रथम उपाध्यक्ष गणेश छविले लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसले सहरमात्र हैन गाउँगाउँमा गएर सेवा गरेकोमा धन्यवाद दिए ।
प्रधानाध्यापक डिलकुमारी गुरुङले विद्यालय आएर पढ्ने बानीलाई स्कुल डे«स उपलब्ध गराई सहयोग पुग्ने बताइन् । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसकी प्रथम उपाध्यक्ष लक्ष्मी गुरुङ (क) ले संस्थाले आफ्नो सदस्यहरुको सहयोगबाट विद्यार्थीहरुलाई पोसाक प्रदान गरेको सुनाइन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया