मन्त्री सिंखडाद्वारा परिवार नियोजन संघ निरीक्षण

पोखरा ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गरेकी छन् । उनलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गरेका थिए ।
निरीक्षणका क्रममा उनले संघको सेवा र समस्याका बारेमा जानकारी लिइन् । संघका विविध विषयका बारेमा प्रबन्धक तिवारीले जानकारी दिएका थिए ।
मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताइन् । उनले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजीकरणका लागि तयार रहेको उल्लेख गरिन् । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकार र समुदायसँग मिलेर नागरिकको हितमा संघले काम गर्न चाहेको उल्लेख गरे ।
संघले यौनजन्य संक्रमणको परामर्श तथा उपचार, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती जाँच, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना तथा परामर्श सेवा, यौनिक तथा लैंगिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण तथा परामर्श, प्रयोगशाला सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया