मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्री बर्खास्त
समाधान संवाददाता
२०८० फागुन २२ गते १०:३१
पाेखरा ।
केन्द्रीय सत्ता समिकरण फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकारले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेेकाे छ ।
माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्न प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।
प्रदेश प्रमुख कार्यालयका अनुसार केही समयमा नै प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकारले गरेकाे मन्त्रिपरिषदकाे पुर्नगठन प्रमाणिकरण गर्ने जनाएकाे छ । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया