लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अन्तरक्रिया

पोखरा ।
युएसएआइडी जल जंगल र सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अन्तरक्रिया भएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘महिलामा लगानी सभ्य र समुन्रत समाजकाे थालनी’ नारासहित कास्कीका सामुदायिक वन उपभोक्ता संघका पदाधिकारीहरु र सरोकारवाला सरकारी प्रतिनिधिबीच अन्तरक्रिया भएको हो ।
कार्यक्रमको प्रमुख उद्देश्य भनेको प्राकृतिक श्रोत व्यवस्थापन, जैविक विविधता, र जलवायु परिवर्तन क्षेत्रहरूमा महिला समस्याहरू, चुनौतीहरू र अवसरहरूको बारेमा चेतना जगाउने रुहेको छ । साथसाथै प्राकृतिक श्रोत व्यबस्थापन, र जैविक विविधता संरक्षण क्षेत्रमा नेतृत्व स्थितिमा आफ्नो उपस्थिति सुधार गर्न सरकारी सरोकारवाला र महिला सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने र महिला नेताहरूलाई उनीहरूको योगदान प्रतिविम्मित गर्नको लागि उपर्युक्त स्थल प्रदान गर्नुका साथै यस क्षेत्रमा लैंगिक उत्तरदायी नीति र अभ्यासहरूको लागि वकालत गर्नु पनि रहेको छ।
युएसएआइडी जल जंगलका वरिष्ठ जेसी अधिकृत सुनिल चौधरीले जल जंगलका बारेमा जानकारी दिदैं प्राकृतिक स्राेत साधनकाे सम्रग उपयाेग तथा वितरणमा अहिले सम्म पनि समानता नदेखिएकाे बताए ।
प्राकृतिकको स्रोतको संरक्षण मात्र नभइ त्यसबाट फाइदा पनि लिनुपर्ने नीति तथा याेजना आयाेग महिला सदस्य अञ्चला चौधरीले बताइन् । हरेक क्षेत्रमा निर्णय लिने अधिकार महिलाले पनि पाउनुपर्ने उनले तर्क गरिन् ।
सामुदायिक वन केन्द्रिय समिति सदस्य सरिता कुमालले आर्थीक क्षेत्रमा आत्मनिर्भर बन्न सकेमा मात्र सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति गर्न सकिने बताइन् । अधिकार प्राप्त गर्न आफैंंले कोसिस गर्नुपर्ने उनको भनाइ छ ।
वन निर्देशनालयको वरिष्ठ वन अधिकृत करुणा कार्कीले कुनै पनि कार्यक्रममा महिलाको सहभागिता मात्र नभइ अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइन् । अवसर पाएमा महिलाले पनि पुरुष सहर काम गर्न सक्ने कार्कीले उल्लेख गरिन् ।
हाेटेल पाैवामा भएकाे कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको अध्यक्ष विश्वराज लामिछाने, विभिन्न महिला संगठनका प्रतिनिधि, पालिकाका प्रतिनिधि तथा पूर्व प्रतिनिधि, पोखरा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थी लगायतको सहभागिता थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया