दुर्व्यसनी रोक्न सचेतना

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १६ मा लागुऔषध रोकथाम गर्न सचेतना, प्रशिक्षणसहित पर्चा वितरण गरिएको छ । लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागुऔषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवा युवतीमा देखिएको लागुऔषध प्रयोगको प्रभावका विषयमा प्रकाश पारिएको थियो ।
वडाभित्र क्रियाशील विभिन्न आमा समूहका प्रतिनिधीलाई प्रशिक्षण दिईएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिइन् । अर्का वडा सदस्य रामचन्द्र आचार्यले लागुऔषधवाट बढ्दो विकृति अन्त्य गर्न सबै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गरेका थिए ।
समूहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रमा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समूहका प्रतिनिधि तारा भट्टराई, नन्दा गुरुङ, कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागुऔषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्येक परिवारले भुमिका खेल्नुपर्ने बताए ।
समूहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो । सोही भेलाले तारा भट्टराइको संयोजकत्वमा १५ सदस्यीय लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया