रवि लामिछाने गृहमन्त्री बन्ने

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन्। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने टुंगो लागेको हो ।
नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।
बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।
सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्।
अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।
नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।
रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया