अनन्ताको १३ औं अधिवेशन

समाधान संवाददाता २०८० फागुन २३ गते १४:१२

पोखरा ।
अनन्ता सामुदायिक सेवा समितिको १३ औं अधिवेशन तथा २६ औं साधारण सभाले नयाँ समिति गठन गरेको छ । सोमबार भएको अधिवेशनले सरिता सुवेदीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

Advertisement


समितिको उपाध्यक्षमा हिमादेवी बराल रेग्मी, सचिवमा लक्ष्मी सेमी, कोषाध्यक्षमा विन्दु शर्मा, सहसचिवमा गीता पराजुली छन् । सदस्यमा सृजना पराजुली, लक्ष्मी अधिकारी, सुनिला रेग्मी, सीता सुवेदी, टीका सुवेदी, सम्झना रोमी, रूपा रेग्मी र रामकली सुवेदी छन् ।


कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य राजकुमारी भुजेल, पोखरा २का वडाध्यक्ष दिवसमान प्रधानांग, संस्थाका अध्यक्ष कमला पराजुली लगायतको उपस्थिति थियो ।

Advertisement


कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो साथै विन्ध्यवासिनी माविका विद्यार्थीलाई अनन्ता भाग्योदय तथा गुणराज स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया