१६ नारीलाई गण्डकी सरकारको सम्मान

पोखरा ।
१ सय १४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा उत्कृष्ट १६ महिलालाई शुक्रबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समिति गण्डकी प्रदेश पोखराले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई जनही नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । साहासिक पर्यटनतर्फ गोरखाकाकी पूर्णिमा श्रेष्ठ, फुन्जो झाङमु लामा, मनाङकी मनु गुरुङ, पर्यटन हिमाल आरोहीतर्फ गोरखाका दिकील्हमु लामा र नानुमाया गुरुङलाई सम्मान गरिएको छ ।
सामाजिक अभियन्तातर्फ कास्कीकी विनाकुमारी सिलवाल र स्याङ्जाकी कमला पराजुलीलाई सम्मान गरियो । मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत सम्मानित हुनेमा पत्रकारितातर्फ दुर्गा अधिकारी, प्रतीक्षा काफ्ले र राधिका शर्मा कँडेल (फोटोपत्रकार) छन् । पर्यटनतर्फ कास्कीकी कमला गिरी, खेलकुदतर्फ कास्कीकी रेखमाया गुरुङ र भाषा संस्कृतितर्फ कास्कीकी तारामाया थापा सम्मानित भएका छन् ।
उद्यमशीलतातर्फ कास्कीकी हिरा भट्टराई, स्याङ्जाकी चन्द्रकला रानार मनाङकी कान्छी गुरुङ सम्मानित भएका छन् । कार्यक्रममा ७ जिल्लाका विभिन्न उत्कृष्ट महिला सहकारीलाई पनि सम्मान गरिएको छ । हरेक सहकारीलाई ७५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
यसरी सम्मानित हुनेमा गोरखाको सिर्जनशील महिला बचत तथा ऋण सहकारी, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला बहुउद्देश्यीय सहकारी, स्याङ्जाको प्रगति महिला विकास बचत तथा ऋण सहकारी, बागलुङको कालिका महिला विकास सहकारी र नवलपरासीको नवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश उत्कृष्ट महिला सम्मानका लागि २६ जनाले निवेदन दिएका थिए । साबिक महिला तथा बालबालिका कार्यालयहरुले प्रवद्र्धन गरेका महिला सहकारीमध्ये जिल्ला स्थित सामाजिक विकास कार्यालयको सिफारिसमा उत्कृष्ट महिला सहकारीलाई सम्मान गरिएको मन्त्रालयका महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले आवेदन गरेर दिएको सम्मान वैज्ञानिक सम्मान नहुने बताए । अबदेखि निवेदन हालेर सम्मान गर्ने परिपाटी अन्त्य गर्न सुझाव दिँदै उनले आगामी वर्षदेखि योग्य व्यक्ति खोजेर सम्मान गर्न आग्रह गरे । डा अधिकारीले राजनीतिक दलको गठबन्धनका नाममा महिला कोटालाई खाने काम भएको आरोप लगाए ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने जानकारी दिँदै सम्मानको कार्यविधि सच्याएर लैजाने प्रतिवद्धता गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज भट्टराईले फरक फरक प्रकृतिका लक्षित कार्यक्रम गर्न सके महिला दिवस मनाएको सार्थक हुने बताए । ८ हिमाल आरोहण गरेकी गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले महिलाले धेरै अवसर खोज्न्ुभन्दा योग्यता र क्षमताको आधारमा नेतृत्वमा पुग्नुपर्ने बताइन् । उनले गोरखाका ४ हिमाल आरोहीलाई सम्मान गरेकोमा आभार प्रकट गरिन् ।
कार्यक्रममा मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले महिला दिवसका बारेमा बोलेका थिए । ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित शुक्रबार महिला दिवस मनाइएको हो । महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकीले पोखरा सभागृहदेखि जिल्ला समन्वय समिति कास्कीसम्म प्रभातफेरी ¥याली निकालेको छ ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया