नेपाली भाषा शिक्षक परिषद्को सभा

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद्, कास्कीको चौधौँ साधारणसभा सोमबार भएको छ । ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भई नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमूलक कार्य गर्दै आएको परिषद्ले मुखपत्र ‘भाषा आलोकन’ को अंक ६ पनि सोही अवसरमा सार्वजनिक गरेको छ ।
कार्यक्रममा समालोचक प्राडा दयाराम श्रेष्ठले नेपाली भाषा शिक्षक परिषद्ले भाषा र भाषिक अनुसन्धानका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । विगतमा भन्दा आज गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने अवस्था आएको भन्दै श्रेष्ठले आफ्नो साधना त्यसैका लागि भएको धारणा भनाइ राखे । भाषा शिक्षक परिषद् जस्ता संस्थाले नेपाली भाषाको संरक्षण र उत्थानमा लडाइँ लड्नुपर्ने उनको विचार थियो ।
२०५३ मा ‘नेपालको राष्ट्रिय झन्डा’ कृतिका लागि मदन पुरस्कार विजेता श्रेष्ठले भाषासम्बन्धी कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई नोबेल पुरस्कार पाएकोभन्दा बढी खुसी लाग्ने बताए । प्राडा श्रेष्ठले भाषा बिग्रँदा देशले ठुलो क्षति बेहोर्ने भन्दै भाषाको सुधारका लागि हामी सबै लाग्नुपर्ने विचार व्यक्त गरे । उनले सांस्कृतिक राष्ट्रवादको विचारलाई आफूले अघि बढाएको जानकारी दिँदै सबैले आत्मसात गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा भाषा आलोकनका समालोचक सुरज पौडेलले आलोकनको आद्योपान्त समालोचना गर्दै पुस्तकमा भाषा र साहित्यका विविध विधा समेटिएकाले विषयगत र शैलीगत विविधतासहितको पुस्तक धेरै दृष्टिले उत्कृष्ट बनेको धारणा राखे । पौडेलले भाषा आलोकनले भाषा अध्यापक र अध्येताको पेसागत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डा बोधराज ढकाललाई सम्मान गरिएको थियो भने नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान र विभिन्न प्रतियोगितात्मक कार्यक्रमका पुरस्कार वितरणसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्राडा रामनाथ ओझा, सल्लाहकार सहप्राडा यमनाथ तिमिल्सिना, संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवशरण उपाध्याय, सम्मानित व्यक्तित्व तथा सल्लाहकार डा बोधराज ढकाल, गणित शिक्षक मञ्च कास्की अध्यक्ष डिल्लीराम अधिकारी, नेपाली भाषा शिक्षक परिषद् पर्वत अध्यक्ष सन्तोष पौडेल, संस्थाका सल्लाहकार सहप्राध्यापक डा पुण्यप्रसाद शर्मा, संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया