दृष्टिविहीनलाई तालिम

समाधान संवाददाता २०८० फागुन २९ गते ११:२७

पोखरा ।
नेत्रहीन विद्यार्थी फाउण्डेसन पोखराको आयोजनामा रेडियो प्रस्तोता तथा कम्प्युटर तालिम भएको छ । दृष्टिविहीन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा भएको ५ हप्ते तालिम शनिबार सकिएको हो ।

Advertisement


तालिममा ९ जिल्लाका २० जना सहभागी थिए । तालिममा गोरखाबाट भगवती पनेरु, रोजीना घिमिरे, प्रवेश परियार, मीना भुजेल र मनिषा पोखरेल सहभागी बने । कास्कीबाट रुपेश भण्डारी, सजना गुरुङ, सुमन थापा, श्याम ढुंगाना, मानिका थापा र वीरेन्द्र लामिछानेले तालिम लिएका छन् ।


बागलुङबाट चाँदनीदेवी शर्मा र दीपक अधिकारी, लमजुङका शेरजंग गुरुङ, बर्दियाका सञ्चराम चौधरी, पर्वतबाट कुशुम गौतम, स्याङ्जाबाट दिलीप भण्डारी, चितवनका अञ्जन बस्ताकोटी र म्याग्दीका भरत रिजालले तालिम लिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया