प्रहरीसँग विवाद गर्ने व्यवसायी पक्राउ
समाधान संवाददाता
२०८० फागुन ३० गते ११:०३

पोखरा ।
कास्की प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट एक रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन् । पोखरा ३० लेखनाथ घर भएका ३१ वर्षीय निर्मल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गौतम लेकसाइडको ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेस्टुरेन्टुका सञ्चालक हुन् । फागुन २६ गते मध्यरातमा ओजन गल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न जाँदा रेस्टुरेन्ट सञ्चालक गौतमले विवाद गर्दै प्रहरीलाई नै धम्क्याएको बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले दाबी गरे ।
गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया