लेखनाथमा हुने खेल महोत्सवको तयारी तीव्र

लेखनाथ ।
सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा यहि चैत ३ गतेदेखि ११ गतेसम्म लेखनाथमा सूर्य तारा (नेकोस) खेल महोत्सवको तयारी तीव्र रूपमा अगाडी बढाइएको छ ।
खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरा–२९ स्थित प्रस्तावित भण्डारढिक रंगशालामा खेल महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता हुने खेल संयोजक एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए।
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।
खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.ली. रहेको छ भने प्रवर्द्धकहरुमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद् छन् ।
तपाईको प्रतिक्रिया