पर्व बिदा विवादरहित बनाइने

काठमाडौं ।
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढंगबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको र त्यसका लागि सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरे ।
बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले भने, ‘एक वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्क्षणमै सच्याउन सकिन्थ्यो । आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेरमात्र क्यालेन्डर प्रकाशित गरिनेछ ।’
करिब १ महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चांग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राखेको भन्ने जानकारी प्राप्त हुनासाथ केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको उनले स्पष्ट पारे ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया