लोकदोहोरी दिवसमा अग्रज सम्मानित

समाधान संवाददाता २०८० चैत १ गते ११:२४

पोखरा ।
२३ औं राष्ट्रिय लोकदोहोरी दिवस २०८० को सन्दर्भम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले शुभकामना आदानप्रदान तथा संस्थागत सम्मान गरेको छ । कार्यक्रममा प्रतिष्ठानका ७ जना पूर्वअध्यक्षलाई सम्मान गरेको छ ।

Advertisement


सम्मानित हुनेमा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, पूर्व अध्यक्षहरु पदम गुरुङ, जीवन दाहाल, केशव देवकोटा, शिवहरि ढुंगाना, प्रेमराज अधिकारी र टेकबहादुर क्षत्री छन् । प्रतिष्ठानका कानुनी सल्लाहकार नारायण शर्माले स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय अध्यक्ष निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको छ ।


प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले प्रतिष्ठान नेपाल कास्कीका पूर्व अध्यक्षहरुलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उनले सरोकारवाला एकजुट भएर नेपालको मौलिक लोक संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, प्रतिष्ठानका प्रशासनिक सचिव जीवन दाहाल, सचिवालय सदस्य सुरेन्द्र गुरुङ, प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष राजन कार्की, प्रतिष्ठान नेपाल कास्कीका संस्थापक अध्यक्ष सुवेदी, सल्लाहकार संयोजक सोमनाथ बाँस्तोला, कानुनी सल्लाहकार नारायण शर्मा, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, कार्यवहाक सचिव सुनील गायक लगायतले राष्ट्रिय लोक दोहोरी दिवसका बारेमा बोलेका थिए ।


यसैबीच २३ औं राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले दीप प्रज्वलन गरेको छ । ‘हाम्रो अभियानः अग्रजलाई सम्मान र नव प्रतिभालाई सम्मान’ भन्ने नाराका साथ भएको कार्यक्रममा प्रतिष्ठान नेपालका प्रशासनिक सचिव दाहाल, प्रतिष्ठान कास्की अध्यक्ष तुलसी क्षत्री, पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष कार्की, सचिव रामजी पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया