विद्यार्थीलाई कफी बनाउने तालिम

लेखनाथ ।
पोखरा महानगरपालिका वडा २६ को अर्घौमा रहेको सिर्जना बहिरा आवासीय माविमा अध्यानरत विद्यार्थीलाई कफी बनाउने तालिम दिइएको छ । सो स्कुलमा कक्षा १२ का विद्यार्थीलाई एक हप्ते बबल टी एन्ड कफी बनाउने तालिम दिइएको हो ।
बहिरा नागरिकका लागि तालिमपश्चात रोजगार प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिका वडा नं २६ र २७ को आर्थिक सहयोगमा तालिम भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै पोखरा महानगरपालिका व्यवसाय प्रवद्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपालदेखि विदेशमा समेत कफीको राम्रो बजार रहेकाले सीप सिकेर स्वरोजगार बन्नका लागि अनुरोध गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनील भण्डारी, लायन्स क्लब अफ पोखरा अर्घौका द्वितीय उपाध्यक्ष रामचन्द्र श्रेष्ठ, पूर्वशिक्षक सूर्यमोहन बराल, शिक्षक कृष्णकुमारी बराल, उदय भट्ट लगायतले बोलेका थिए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया