चिनियाँ उत्पादनमा मूल्य वृद्धि
समाधान संवाददाता
२०८० चैत १ गते १५:०४

बेइजिङ ।
चीनको तथ्यांकीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।
स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत् रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्यांक देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।
सम्बन्धित









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया