सुन तस्करीमा पोखराका झलकरामलाई पनि कारवाही गर्न सिफारिस

पोखरा ।
राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । अधिकारी पोखराका बासिन्दा हुन् । अधिकारी पोखरा महानगरपालिकामा कार्यकारी प्रमुखका रुपमा समेत कार्यरत थिए ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
आयोगले पाएको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क (ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ)’ भनेका छन् ।
त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।
यो विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षमा भएका बेला समेत उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया