राष्ट्रपति चुन्न रुसी नागरिकले पोखराबाटै गरे मतदान

पोखरा ।
रुसी राष्ट्रपतिको निर्वाचनमा पोखरामा रहेका रुसी नागरिकले पोखराबाट मतदान गरेका छन् । पोखरा र आसपासमा रहेका रुसी नागरिकले होटल वाराहीमा रहेको मतदान केन्द्रमा शुक्रबार मतदान गरेका हुन् ।
मतदानपछि रुसी नागरिक दिदेन्को सर्जेले पोखराबाटै देशको भविष्यको अगुवाइ गर्ने नेतृत्व चुन्न पाएको भन्दै खुसी व्यक्त गरे । “पोखराबाटै मत हाल्न पाएँ, देशको भविष्य निर्क्योल गर्ने अवसर पाएकोमा खुसी छु,” उनले भने ।
मतदान १२ बजे सकिएकाे छ । रसियन न्यूज एजेन्सी तासका अनुसार एक सय ४४ देशमा दुई सय ८८ मतदान केन्द्र राखिएका छन् ।
सेन्ट्रल इलेक्सन ब्युरोका अनुसार रुसमा ११ करोड २३ लाख र विदेशमा करिब २० लाख मतदाता छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं पटक राष्ट्रपति बन्ने दौडमा छन् । रुसी राष्ट्रपतिका लागि मुख्य मतदान १५ देखि १७ तारिखमा हुने भए पनि प्रारम्भिक र पोस्टल भोटिङ भने यसअघि नै सुरु भइसकेको छ ।
रुस राजदूतावासमा एटासे अलेक्जेन्टर इभासोभले पोखराको मतदान केन्द्रमा करिब एक सय र काठमाडौंको मतदान केन्द्रमा करिब तीन सयले मतदान गर्ने अपेक्षा सुनाए । काठमाडौंमा भने मतदान आइतबार हुनेछ ।
छ वर्षे कार्यकालका लागि रुसी राष्ट्रपतिको चुनावमा रुस, रुसी नियन्त्रणको युक्रेनसहित विश्वभरिका रुसी नागरिकले यसका लागि मतदान गर्दैछन् । निर्वाचनबाट वर्तमान राष्ट्रपति पुटिन नै चुनिने प्रबल सम्भावना रहेको बताइन्छ । ७१ वर्षीय पुटिन सन् १९९९ बाट निरन्तर शक्तिमा छन् ।
चुनावमा कम्युनिष्ट पार्टीबाट निकोली खालिनोनोभ मैदानमा छन् । निर्वाचनमा लियोनिड स्लुटस्की र भ्लास्लिभ दाभान्कोभ पनि उम्मेदवार छन् । चर्चित युद्धविरोधी नेता एलेक्सी नाभाल्नीको एक महिनाअघि जेलमै मृत्यु भइसकेको छ । अघिल्ला चुनावमा युद्धविरोधी उम्मेदवार बोरिस नादेहदिनलाई केन्द्रीय निर्वाचन ब्युरोले उम्मेदवारी दिन रोक लगाएको छ । अरु प्रभावशाली उम्मेदवार मैदानमा नहुँदा पुटिनको विजय हुने प्रबल सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया