पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

समाधान संवाददाता २०८० चैत २ गते १४:५७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ को लामिछाने परिवारले आफ्नी आमा स्व.पार्वती लामिछानेको स्मृतिमा लेखनाथ पत्रकार मञ्चले सञ्चालन गर्ने गरी २७ हजार ८८ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

Advertisement


स्वर्गीय लामिछानेका ४ छोरा वसन्त, चिरञ्जीवी, कुलप्रसाद र सूर्यमणि लामिछाने र छोरीहरु लक्ष्मी पौडेल, शान्ति पौडेल र तुलसी पौडेलले आमा पार्वती लामिछानेको सातौ पुण्यतिथिको दिन बिहीबार विभिन्न सामाजिक संस्थालाई सहयोगका साथै उनको नाममा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष रकम प्रदान गरेका हुन् ।


नेकपा एमाले वडा नम्बर २७ का अध्यक्षसमेत रहेका सूर्यमणि लामिछानेले आमाको सम्झनामा जिवन्तसम्म समाजमा देखिने गरी विभिन्न संघसस्थालाई सहयोग गर्ने प्रेरणा जागेको बताएका छन् ।

Advertisement


परिवारद्वारा स्थापित उक्त रकम बराबरको चेक परिवारका तर्फबाट नाति जनार्दन लामिछाने, नातिनी जयन्ती लामिछाने र गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मञ्चका अध्यक्ष कविराज खनाल र संस्थापक अध्यक्ष भीमपाणि बराललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


उक्त अवसरमा परिवारका तर्फबाट यसअघि सहिद स्मृति आवासीय मावि पोखरा–१४ मा ५१ हजार रुपैयाँको अक्षयकोष राखिएकोमा थप २७ हजार ८८ रुपैयाँ प्रदान गरिएको छ । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजकुमारी पौडेल र प्रअ कल्पना चिलुवाललाई हस्तान्तरण गरिएको थियो ।

Advertisement


विसं २०५४ सालको निर्वाचनमा ज्यान गुमाएका पोखरा महानगरपालिका वडा नम्बर २६ का स्वर्गीय कृष्ण भुजेल स्मृति प्रतिष्ठानका लागि ५१ हजार ८८ रुपैयाँ सहयोग प्रदान गरिएको छ । उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णु वराललाई हस्तान्तरण गरिएको हो ।


लामिछाने परिवारको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर २७ भित्रका लक्ष्मी आदर्श युवा क्लव, राइजिङ स्टार युथ क्लब, लेखनाथ युवा क्लब, परमार्थ नगर क्लव,लेकसिटी युवा क्लब, जनएकता युवा क्लब, खराने युवा क्लब, सृजनशील युवा क्लव, बगादी युवा क्लव, धर्मशिला युवा क्लवलाई दुई/दुई थानका दरले डस्बिन पनि हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया