गण्डकीमा कुस्ती संघ गठन

समाधान संवाददाता २०८० चैत २ गते १६:४७

पोखरा ।

Advertisement

कुस्ती खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ । पोखरामा बुधबार भएको भेलाले उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा संघको कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा योगीता साहनी, सचिवमा दीपकप्रसाद पौडेल र कोषाध्यक्षमा डिल्लीराम सुवेदी छन् । ७ सदस्यीय संघका सदस्यमा दीपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ छन् ।


गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालाले खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको जनाए । प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती संघ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने बताउँदै आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

Advertisement


नेपाल कुस्ती संघका केन्द्रीय सदस्य नवीन आचार्यको अध्यक्षतामा भएको भेलामा शारीरिक सुगठन संघका केन्द्रीय कोषाध्यक्ष बलराम सुवेदीले नवगठित समितिको सफलताको कामना गरे ।

Advertisement

तपाईको प्रतिक्रिया