हरिवंश आचार्य र प्रकाश सपुत पोखरामा सम्मानित

पाेखरा ।
बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।
आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुशुचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुशी छरेको तथा सपुतले गीत र संगीतको माध्यमबाट उत्पीडित समुदाय, जातिय विभेद, नागरिक भएरपनि अनागरिक भएर बाँच्न बाध्य भएका जनताको आवाज, विदेशिएका युवाको अवस्था चित्रण गरेर दर्शक/श्रोताको मन जित्न सफल भएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए ।
प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तान द्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलगायतलाई सम्मान गरिसकेको छ ।
प्रतिभा सम्मान अर्पण समारोहको अवसरमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान र वर्ष सर्वोत्कृष्ट शिक्षकलगायत विधामापनि पुरस्कृत गरेको थियो ।
सो अवसरमा उक्त विद्यालयमा प्लस टु सम्म अध्ययन गरि एमविविएस, सिए, होटल म्यानेजमेन्टलगायतका लागि छात्रवृत्ति पाउन सफल विद्यार्थीहरु तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए । सो अवसरमा विद्यार्थीले ‘यो देश मेरोपनि होईन र ? भन्ने गीतमा उत्कृष्ट प्रस्तुती दिएपछि गायक प्रकाश सपुतले स्टेजमै उक्लिएका थिए भने केहिबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केहि गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए ।
सम्मानित बरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केहि गर्छु भन्नेहरुलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेहरुको कमी हुँदैन भन्ने आभाष दिलाएको बताए । अर्का सम्मानित गायक, संगीतकार तथा कलाकार प्रकाश सपुतले सम्मानले आफूलाई थप नया कार्य गर्नका लागि जिम्मेवारी थपेको महशुष गराएको बताए । सो अवसरमा उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकहरुलाई मनोरञ्जनपनि प्रदान गरे ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाईपनि उत्तिकै ध्यान दिएको बताए । उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि पुरस्कार प्रदान गर्ने गरेको बताए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया