पोखरामा बृहत् राइडर भेला सम्पन्न

चैत्र ३ पोखरा
पोखरामा रहि विभिन्न राईड शेयरिङ एप मार्फत राईड गर्ने राईडरहरुको शनिबार बृहत् भेला सम्पन्न भएको छ।
ब्राउन आईज पार्टिप्यालेसमा भएको उक्त भेलामा करिब ५ सय जना राईडरहरुको बृहत् उपस्थिती रहेको थियो।
अनिल श्रेष्ठको संयोजकत्व तथा सुनिल भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनिल श्रेष्ठ ,सिर्जन गोम्जा तामाङ,खेम थापा, शैलेन्द्र केसि,किशोर गुरुङ , मिनकाजी गुरुङ , अनुप केसि, सुन्दर वाग्ले लगायतका बक्ताले आ आफ्नो भनाई राखेका थिए । समग्रमा राईड शेयरिङ एपलाई चाडो भन्दा चाडो बैधानिकता दियी कानुन सम्बत नितिनियम तर्जुमा गरि कार्यान्वयन् गर्नुपर्ने बताएका थिए। राईड शेयरिङ सेवामुखी काम भएको हुदा यसलाई गैरकानुनी मान्नु गलत भएको र संबिधानमा लेख्न छुटेको मात्र हो भने बक्तब्य समेत प्रश्तुत गरिएको थियो ।
उक्त भेलामा पोखरामा रहि युबाहरुलाई उत्साहित गरि स्वरोजगार भई आत्म निर्भर बन्न प्रेरित गर्ने युबा ब्यक्तित्व एबम समाजसेबी अनिल श्रेष्ठ ज्यु लाई सम्मान समेत गरिएको थियो।
भाबि दिनमा चाडै बैधानिक गरि युबा हरुलाई स्वरोजगार बनाउनु आफ्नो मिशन रहेको समेत श्रेष्ठले बताएका छन्।
गण्डकी प्रदेश सरकारले राईड शेयरिङलाई मान्यता दिने कुरा आएसंगै समग्र राईडरले प्रदेश सरकार एबम निबर्तमान भौतिक पुर्बाधार तथा यातायात मन्त्री माननीय रेशम जुग्जाली लगायत प्रदेश सरकारको यस सराहनिय कदम प्रती उच्च सम्मान ब्यक्त गरेका थिए।उपस्थित राईडरहरुले सरकारले राईड शेयरिङ लाई बैधानिकता दिई आवश्यक नियमन गरेको खण्डमा आफुहरुले सरकारलाई उचित आयकर तिरी सेवा दिन तत्पर रहेको प्रतिबद्धता समेत गरेका छन् । उक्त बृहत् भेलाले अनिल श्रेष्ठको संयोजकत्वमा सुनिल भुजेलको अध्यक्षतामा १८ सदस्यिय तदर्थ कार्यसमिति/ उप – समिती गठन समेत गरेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य समितिका बरिस्ठ उपाध्यक्ष कुमार रानाले राखेका थिए भने कार्यक्रमको बारेमा बिनोद ढुंगानाले प्रकाश पारेका थिए।
उक्त कार्यक्रमको संचालन समितिका सचिब रिजोन बस्ताकोटिले गरेका थिए।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया