बुबाआमाको स्मृतिमा ५ लाखको अक्षयकोष

समाधान संवाददाता २०८० चैत ४ गते ११:२७

पोखरा ।
पोखरा महानगरपालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पोखरा ६ बैदामका दण्डपाणि र जमुना पहारीको स्मृतिमा छोरीहरु खरिका, सेतुदेवी र डिलमाया अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement


शुक्रबार उनीहरुले ५ लाख समितिका अध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे । समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले यस्तो अक्षयकोषबाट विभिन्न आपत्विपद् र आर्थिक संकटमा सहयोग पुग्ने बताए । गोविन्दराजले ६ वर्षअभि स्थापना गरेको पहारी कुल संरक्षण समितिमाको कोषमा ४३ लाख रुपैयाँ जम्मा भएको कोषाध्यक्ष प्रेमराज पहारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया