
जोमसोम ।
मुस्ताङमा बर्सेनि ट्राफिक राजस्व बढ्दै गएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक राजस्वमा समेत बढोत्तरी भएको हो । जिल्ला ट्राफिक कार्यालय मुस्ताङले ट्राफिक नियम विपरीत चलाउनेलाई कारवाही गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिनामा जिल्ला भित्रिएका २ हजार ३२ सवारी साधन तथा मालबाहक साधनलाई कारवाही गर्दा १५ लाख ३५ हजार ५ सय राजस्व संकलन भएको मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले जानकारी दिए । सबैभन्दा बढी राजस्व संकलन कात्तिक महिनामा भएको छ । कात्तिकमा ४ सय ५७ सवारी साधनलाई कारवाही गर्दा ३ लाख ३१ हजार ५ सय जरिवाना असुल भएको हो ।
गएको साउनमा ६७ वटा सवारीलाई कारवाही गर्दा ६९ हजार ५ सय असोजमा २६० सवारीलाई कारवाही गर्दा २ लाख ६ हजार ५ सय, मंसिरमा ३ सय ३३ सवारीलाई कारवाही गर्दा २ लाख ४८ हजार ५ सय राजस्व जम्मा भएको छ । पुसमा ४ सय ४ वटा सवारीलाई कारवाही गर्दा ३ लाख २ हजार ५ सय, माघमा १ सय ३८ सवारीबाट १ लाख ३ हजार र फागुन महिनामा ३ सय २३ सवारी साधन कारवाहीमा पर्दा २ लाख २६ हजार ५ सय ट्राफिक राजस्व संकलन भएको हो ।
८ महिनामा सवा २ लाख पर्यटक
मुस्ताङमा चालु आर्थिक वर्षको ८ महिनामा २ लाख २९ हजार ६ सय १४ पर्यटक भित्रिएका छन् । साउनदेखि फागुन महिनासम्ममा १ लाख ८७ हजार १४ आन्तरिक पर्यटक र ४२ हजार ६ सय ४० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए । ३५ हजार ३ सय ५६ जना सार्क मुुलुकका पर्यटक छन् भने ७ हजार २ सय ८४ तेस्रो देशका छन् ।
मुस्ताङमा आर्थिक गत आर्थिक वर्ष २०७९/०८० को अनुपातमा चालु वर्ष ८ महिनामै पर्यटक तथ्यांक नजिक पुगेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्ष आन्तरिक तथा बाह्य गरी ३ लाख ९ हजार ९ सय ८९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये २ लाख ४० हजार ६ सय ८२ आन्तरिक र सार्क तथा फरेनर गरी ६० हजार २ सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्यांक छ ।
चालु वर्ष अन्य जिल्लाबाट मुस्ताङ भित्रिने स्थानीय नागरिक,कर्मचारी र कामदारको संख्या ४ हजार ५२ जना छ । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्ममा अन्य जिल्लाबाट ४३ हजार ८ सय ८२ वटा सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
मुस्ताङमा कोभिड माहामारीपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन गएको छ । मुस्ताङ भित्रिएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका छन् । विदेशी भने मुस्ताङको पृथक मनोरम भूगोलको अवलोकन गरी फर्किने गरेका छन् । नेपालीहरु मुक्तिनाथ मन्दिरको दर्शनसँगै कागबेनीमा श्राद्ध तथा दिवंगत पितृको नाम तर्पण दिन आउँछन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया