गण्डकीमा स्वतन्त्र सांसदको हैसियत खोज्दै मनाङे

समाधान संवाददाता २०८० चैत ४ गते २०:३७

समाधान संवाददाता
पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन प्रदेश सचिवालयमा पत्र दिएका छन् । २०७९ मंसिर ४ गतेको निर्वाचनमा मनाङ ख बाट प्रदेश सभामा निर्वाचित मनाङे निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement


मनाङबाट स्वतन्त्र हैसियतमा निर्वारोध जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरे । प्रदेश सभा सचिवालयमा पनि उनले आफूलाई एकीकृत समाजवादीमा कायम गरिदिन निवेदन दिए । तर, सत्ता गठबन्धनमा आएको फेरबदलीसँगै उनले आफूले पुनः स्वतन्त्र सांसदको मान्यता दिन प्रदेश सभा सचिवालयमा पत्र दिएको सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।


मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै कायम गरिदिन आग्रह गरेका छन् । सांसद गुरुङले पार्टी भने नछोडेको जनाएका छन् । उनले यस्तो निर्णय लिनुको पछाडि गण्डकी प्रदेशमा आगमी सरकार गठनमा आफ्नो प्रभूत्व कसरी जमाउने भन्ने रहेको उनी निकट स्रोतले जनाएको छ । उनले आफू जता जाँदा बहुमत पुग्छ उतै जाने निकटलाई बताएका छन् ।
सरकारमा सामेल दल माओवादीका मन्त्रीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा छ । अर्का सरकार गठन गर्न एमाले÷माओवादी मिल्दा पनि बहुमत पुग्दैन । सरकार गठन गर्न राप्रपा अनिवार्य पर्छ । तर, राप्रपा सरकारमा जाने नजाने निर्णय गरिसकेको छैन । मनाङे प्रदेशसभामा देखिने जुन सुकै गठबन्धनमा गएपनि बहुमत पुग्दैन । नयाँ सरकार बन्न र कायम हुन सक्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया