
मुस्ताङ ।
मुस्ताङमा एकै दिन लेक लागेर २ पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय र एक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मोरङको पगरी शनिश्चरे नगरपालिका १ की ६५ वर्षीया गोमादेवी लुईटेलको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । मुक्तिनाथ दर्शनका लागि मनकामना बचत तथा ऋण सहकारी संस्थाका ७४ सदस्यसँगै उनी आएकी थिइन् ।
आइतबार जोमसोमबाट मुक्तिनाथ जाँदै गर्दा वारागुङ मुक्तिक्षेत्र १ खिङ्गामा गोमादवीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि केही बेरमा उनी बेहोस भएकी थिइन् । गोमादेवीलाई उपचारका लागि जोमसोमको मुस्ताङ जिल्ला अस्पतालमा पुर्याइएको थियो ।
उपचारका क्रममा चिकित्सकले गोमादेवीलाई मृत घोषणा गरेको डिएसपी पाण्डेयले उल्लेख गरे । प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।
यसअघि आइतबार बिहान ३ बजे होटलमा बाँस बसेका एक भारतीयको उपचारका क्रममा मृत्यु भएको थियो । होटलमा बेहोस भएपछि मुस्ताङ जिल्ला अस्पताल लगिएका उनको मृत्यु भएको हो ।
भारतको हैदरावादबाट मुक्तिनाथ दर्शनका लागि ४१ भारतीय तीर्थालु मुुस्ताङ आएका थिए । अघिल्लो दिन मुक्तिनाथ दर्शन गरी फर्किएर जोमसोममा बाँस बसेका उनीहरुमध्ये ८३ वर्षीय बि नारायणलाई लेक लागेर स्वास्थ्यमा समस्या देखिएको थियो ।
उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको समेत विवरण संकलन गरी मुचुल्का उठाएर शव आफन्तको जिम्मा लगाएको छ ।
चालु आर्थिक वर्षमा मुक्तिनाथ दर्शन गर्न आउने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । अघिल्लो वर्ष १२ जनाको लेक लागेर मृत्यु भएको थियो । त्यसअघिको वर्ष ६ जना पर्यटकले लेक लागेर ज्यान गुमाएका थिए । समथर भूभागबाट हिमाली भेगमा आउँदा कतिपयलाई लेक लागेर बिरामी हुने समस्या देखिएको हो । उमेर कटेका वृद्धवृद्धा, शारीरिक रुपले अशक्त र दीर्घ रोगमा यस्तो समस्या बढी देखिने गरेको छ ।
निरन्तरको यात्रामा स्वास्थ्य परीक्षण नहुने र बिचमा बिश्रामसमेत नहुँदा पर्यटकलाई लेक लाग्ने समस्या देखिएको डिएसपी पाण्डेय बताउँछन् । । हिउँद यामको चिसो सकिएर गर्मी याम सुरु भए पनि मुस्ताङमा अझै चिसो रहेकाले लेक लाग्ने समस्या भएको उनले जनाए । कतिपय पर्यटकलाई मुक्तिनाथको कुण्डमा स्नान गर्दा चिसोले लेक लाग्ने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया