कोका–कोलाको वल्र्ड रेकर्ड

काठमाडौं ।
कोका कोलाले नेपालमा द लार्जेस्ट मोमो पार्टीका लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ । शुक्रबार काठमाडौं इज कुकिंगको दोस्रो संस्करणमा यसले नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेको हो ।
कोकाकोलाले ५ सय जनाभन्दा बढी सहभागीसँग यो कार्यक्रम आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २ सय ५० एमएल कोकको बोतलसहित दुई वटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एक फुड हइजिन इन्स्पेक्टर र दुई जना साक्षी पनि कार्यक्रममा उपस्थित थिए ।
कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व भएको सुनाइन् । उनले भनिन्, ‘कोका–कोला र मोमो नेपालीलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ ।’ कोका–कोलाले प्रिय डम्प्लिङ डिस मोमोको साथमा छनोट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ ।
कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार ९ वर्षदेखि मोमो उत्सव आयोजना गर्दै आएको छ । कोका–कोलाले नेपालमा ५० वर्ष मनाउँदै छ ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया