थापा डिस्ट्रिक्क जे गभर्नर

पोखरा ।
लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिस्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखराकोमा सम्पन्न दास्रो महाधिवेशनबाट थापा डिस्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।
डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन बर्ष २०२४/०२५ का लागि डिस्ट्रिक्ट गभर्नर बनेकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्व अध्यक्ष हुन् । महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
विगत १४ वर्षदेखि लायन्समा सक्रिय थापालाई डिस्ट्रिक्ट ३२५ जे नेपालको भाइस डिस्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीले २ वर्ष पहिलेअगाडि बढाएको थियो ।
थापा सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत नेतृत्व गरिसकेकी छन् । उनी करिब एकदर्जन भन्दा बढी संघ संस्थामा आबद्ध छिन् । महाधिबेशनबाट डिस्ट्रिक्टको प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मिलनबाबु मल्ल निर्वाचित भएका छन् । मल्ल लायन्स क्लब अफ काठमाडौं वनस्थलीका पूर्वअध्यक्ष हुन् । डिस्ट्रिक्टको द्वितीय भाइस गभर्नरमा प्रजापति बास्तोला निर्वाचित भएका छन् । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् ।
यसैबीच गभर्ननरमा निर्वाचित मिलन थापाले आफूलाई विश्वास गरी गभर्नर निर्वाचित गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकाल महिला उद्यमशीलता तथा युवाहरुलाई लक्ष्य गरी लागू औषध न्यूनीकरण अभियानमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै थापाले आफ्नो कार्यकालका लागि डिस्ट्रिक सचिवमा कृष्णबहादुर अधिकारीलाई मनोनित गरेकी छन् । अधिकारी पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् । डिस्ट्रिक ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाई गभर्नर थापाले मनोनीत गरेकी छन् ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया