दुई लायन्स क्लबले गरे सिर्जना बहिरा माविमा सहयोग

समाधान संवाददाता २०८० चैत ५ गते ११:४५

लेखनाथ ।
लायन्स क्लब अफ पोखरा अर्घौ र लायन्स क्लब अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् ।

Advertisement


४४ जिल्लाका २ सय ४५ जना विद्यार्थीहरु अध्यनरत विद्यालयमा बास्केट बल पोलको असुविधा रहेकाले उत्त समास्यलाई मध्यनजर राख्दै २ क्लबको संयुक्त लगानीमा विद्यालय हाताभित्र निर्माण गरिएको बास्केटबल ग्राउन्डमा बास्केटबल पोल सहयोग गरिएको हो ।


लायन्स क्लब डिस्ट्रक एमका रिजन चियर पर्सन ई.शारदामोहन काफ्ले र दुवै लायन्स क्लबका पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक सुनील भण्डारीलाई उक्त सहयोग सामग्री हस्तान्त्रण गरिएको हो ।

Advertisement


लायन्स क्लब अफ पोखरा ग्रीन टाउनका अध्यक्ष सावित्री भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले लायन्स क्लबले जाहाँ जे को आवश्यकता छ सोही अनुसारको सहयोग गर्दै आएको जानकारी गराएका थिए ।


सोही अवसरमा लायन्स क्लब अफ पोखरा ग्रीन टाउनकी पूर्वअध्यक्ष विधाता श्रेष्ठले सासुआमा स्व.बालकुमारी द्वाको स्मृतिमा सन २०१२ मा स्थापना गरेको कोषबाट उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार छात्रा अस्मिता सिञ्जाली, समीक्षा न्यौपाने र खिममाया गुरुङलाई कोषको रकम प्रदान गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया