जुत्ता व्यवसायी संघमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८० चैत ५ गते ११:४७

पोखरा ।
जुत्ता व्यवसायी संघ कास्कीमा हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ । शनिबार भएको संस्थाको सातौं साधारणसभा तथा चौथो महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो ।

Advertisement


संघको उपाध्यक्षमा लीलाम्बर सुवेदी, महासचिव मुक्तिप्रसाद पनेरु, सचिव हरि भण्डारी र कोषाध्यक्षमा ध्रुवबहादुर मल्ल छन् । सदस्यमा भेषराज पौडेल, डोलराज गिरी, महेश गिरी र कमल ठडराई चुनिएका छन् ।


नवनियुक्त महासचिव पनेरुले अहिले जुत्ता व्यवसायमा देखिएका चुनौती सामना गर्दै व्यवसायीको हितमा संस्था लाग्ने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया