सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान

काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा पोखराका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्वितीय उपाध्यक्षमा सुधीर अग्रवाल सर्वसम्मत निर्वाचित भए । मुख्य तिनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । महासचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशरबहादुर विक (२००), सचिव पृथ्वी विश्वकर्मा(१६६), कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा (१८६)र सह–कोषाध्यक्ष दीपक धनुके (१५७) मतसहित निर्वाचित भए ।
कार्यसमिति सदस्यमा बृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्यकुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेशप्रसाद शाह, नीरञ्जन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भए ।
अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका ३८४ प्रतिनिधि सहभागी थिए । महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवी कृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए ।
शुक्रबारबाट काठमाडौंमा सुरु नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया