मानव सेवा आश्रमलाई टेम्पल ट्रीको सहयोग

समाधान संवाददाता २०८० चैत ५ गते १२:४९

पोखरा ।
लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एन्ड स्पा स्थापनाको १३ वर्ष पूरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले दिवसलाई मनाएको छ । रिसोर्टले वार्षिकोत्सवकै अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

Advertisement


रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा मेडलसहित दीर्घसेवा सम्मान प्रदान गरिएको छ । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुशल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएका छन् ।


कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरियो । रिसोर्टका प्रबन्ध निर्देशक चन्दनकृष्ण श्रेष्ठ, निर्देशक प्रेम श्रेष्ठ, रञ्जनकृष्ण श्रेष्ठ, जिन्ना जिन्टिली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उनीहरुलाई सम्मान गरेका हुन् । रिसोर्टमा १ सय ३ जना कर्मचारी कार्यरत छन् ।

Advertisement


रिसोर्टका अध्यक्ष वसन्त गौतमले रिसोर्टले आफ्ना पाहुनाहरुलाई प्रदान गरेको सेवा, कर्मचारीहरुको मेहनत, सञ्चालकहरुको लगाव, धैर्य तथा रिसोर्टका आफ्नै विशेषताका कारण पनि टेम्पल ट्री रिसोर्ट स्थापना कालदेखि आजसम्म पनि सफल रिसोर्टका रुपमा पहिचान बनाउन सफल भएको बताए । रिसोर्टका मानव संसाधन विभाग प्रमुख रामकृष्ण कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


फेवाताल नजिकैको बुटिक रिसोर्टमा डिलक्स, सुपर डिलक्स, जुनियर स्विट र एक्जुकेटिभ स्विट विशेषताका ६८ वटा कोठाहरु छन् । रिसोर्टमा स्विमिङ पुल, ज्याकोजी, जिम, फिटनेस सेण्टर लगायतका सुविधाहरु छन् । परम्परागत गाउँले शैली झल्कने रिसोर्टका प्रत्यक कोठामा छुट्टाछुट्टै बल्कोनी छन् । बजारको विच भागमा रहेर पनि रिसोर्ट भित्रको शान्त वातावरण, सुन्दर बगैचा पाहुनाहरुको रोजाइमा पर्ने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया