मादल बजाउन सिकाइयो

समाधान संवाददाता २०८० चैत ५ गते १२:५६

पोखरा ।
महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार सकिएको छ ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको क्षेत्र त्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल, मीना कुँवर, सहभागी वविता आचार्य पौडेल र बुद्धदेवी कुँवर, उपाध्यक्ष रिता त्रिपाठी, सचिव उमा भुर्तेल पौडेल लगायतले बोलेका थिए । सम्बरबहादुर गायकले सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम महिला सञ्जाल अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया