यौन दुव्र्यवहार गरेको आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त

काठमाडौं ।
महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । कर्मचारीलाई यौन दुव्र्यवहार गरेको भन्दै परेको उजुरीउपर छानबिन गर्दा दोषी देखिएपछि आचार्यलाई बर्खास्त गरिएको हो ।
राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले आचार्यलाई बैंकिङ सेवामा अयोग्य नठहरिने गरी नेपाल राष्ट्र बैंकको सेवाबाट बर्खास्त गरिएको जानकारी दिए । राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम आचार्यलाई बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गत पुस अन्तिम साता नगरकोटमा आयोजित कर्मचारीको तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रममा निर्देशक आचार्यले उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको बताइएको छ । कारवाहीको माग गर्दै ती महिला कर्मचारीले उजुरी हालेकी थिइन । उजुरी उपर छानबिन गर्दा दोषी ठहर भएपछि कारवाही स्वरुप बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया