पोखरामा विश्व मुद्रा सप्ताह सुरु

पोखरा ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले विश्व मुद्रा सप्ताह अन्तर्गत पोखरामा विभिन्न कार्यक्रम गर्दै छ । पोखरा लर्नर्स एकेडेमीका विद्यार्थी र शिक्षकहरुको सहभागितामा सप्ताहको पहिलो दिन सोमबार वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विद्यार्थीलाई नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गर्ने कार्यहरु नगद जम्मा, नोट सटही, नोट धुल्याउने लगायतका प्रक्रिया अवलोकन गराइएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न, बचत गर्ने बानीको विकास गर्न, नोटको हिफाजत गर्न, बैंकिङ बानीको विकासमार्फत उद्यमशीलताको विकास गर्न कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पोखरा लर्नर्स एकाडेमीका शिक्षक नलेज खातीले विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता सम्वन्धी विषय अनिवार्य रुपमा समावेश गर्नुपर्ने धारणा राखे । विद्यालयका सहायक प्राचार्य उष्णा गौतमले भावी दिनमा यही सिकेको ज्ञान उपयोग गर्न विद्यार्थीलाई आग्रह गरिन् ।
कार्यालयकी निर्देशक आर्या जोशीले वित्तीय सेवा,सुविधाका सम्वन्धमा साक्षर हुन र लर्न, सेभ एन्ड अर्न भन्ने नारालाई जीवनपर्यन्त आत्मसाथ गर्र्न विद्यार्थीलाई आग्रह गरिन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सप्ताहभित्र निबन्ध प्रतियोगिता, बालबालिकालाई खुत्रुके वितरण, हाजिरीजवाफ लगायतका कार्यक्रम गर्दै छ । सो अवसरमा राष्ट्र बैंककी सहायक निर्देशक यसोधा पोखरेलले पनि बोलेकी थिइन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया