गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सको वित्तीय साक्षरता

समाधान संवाददाता २०८० चैत ६ गते १६:५०

काठमाडौं ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नम्बर ५ समिभञ्याङ, लमजुङका स्थानीय बासिन्दा तथा सम्झना माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement


कार्यक्रममा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्नेमा जोड दिए ।


ग्लोबल मनि वीकको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा सम्झना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष ओमवीर गुरुङ, प्राधानाध्यपक सन्तोष तिवारी लगायत शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।

Advertisement


फाइनान्सले सम्झना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री समेत बितरण गरेको थियो ।स्टेशनरी सामाग्री वितरण कायक्रममा बोल्दै वडाअध्यक्ष ओमबीर गुरुङ तथा प्राधानाध्यापक सन्तोष तिवारीले फाइनान्सले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।


फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले गरेको यो सहयोगले विद्यार्थी तथा अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया