एक्सपर्ट एजुकेसन कन्क्लेभ शुक्रबार हुने

पोखरा ।
एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने सम्मेलन गर्ने भएको छ । आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ चैत ९ गते शुक्रबार आयोजना गरेको एजुकेसन कन्क्लेभ एक्सपर्टले जनाएको छ ।
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए ।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पोखराको ट्रेड मलस्थित एक्सपर्टको कार्यालयमा हुने परामर्शमा विभिन्न भौचर, मुभी भौचर, बन्जी जम्प, फुड, ह्यापी होलीलगायत भौचर सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए ।
कार्यक्रममा ४ देशका २५ भन्दा धेरै कलेज तथा युनिभर्सिटीको प्रतिनिधित्व रहनेछ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अस्ट्रेलिया, युके, न्युजिल्यान्ड र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग संवाद गर्न पाउने एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।
एक्स्पर्टले नेपालका प्रमुख १६ सहरमा शाखा सञ्चालनमा ल्याएको छ । विश्वका २५ देशका ६५ भन्दा बढी सहरबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पिटिई क्लासमा समेत छुट दिइनेछ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया