पोखरामा सशस्त्रको पेट्रोल पम्प २४ सै घन्टा खुला

समाधान संवाददाता २०८० चैत ८ गते १५:५०

पोखरा ।
पोखरामा सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । काठमाडौंसहित पोखरामा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेका हुन् ।

Advertisement


सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।’


पोखराका मेयर धनराज आचार्यले सशस्त्रको पेट्रोल पम्प २४ सै घन्टा खुला हुन थालेको जानकारी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘अब मुख्य पर्यटकीयस्थलसहित अन्य अत्यावश्यक वस्तु र सेवा पनि क्रमशः २४ घण्टा नै खुला हुँदै जानेछन् ।’

Advertisement

तपाईको प्रतिक्रिया