मुख स्वास्थ्य दिवस मनाइयो

पोखरा ।
डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकीले बुधबार पोखरामा मुख स्वास्थ्य दिवस बनाएको छ । मार्च २० अर्थात् विश्व विश्व मुख स्वास्थ्य दिवसमा संस्थाले विविध कार्यक्रम गरेको हो ।
संस्थाले बिहान जनचेतनामूलक र्याली निकालेको छ । स्वस्थ मुख, स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै खुसी बनाउँछ भन्ने नाराका साथ कार्यक्रम भएको हो । र्यालीका सहभागीले खाना खाईसकेपछि बिहान र बेलुका दाँत ब्रस गर्न आग्रह गरेका थिए ।
मुख स्वास्थ्यमा ध्यान दिने आग्रहसहितका विभिन्न प्लेकार्ड बोकेका सहभागीहरुले न्युरोडको कान्तिपुर डेन्टलदेखि पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पुनः न्युरोडसम्म र्याली निकालेका थिए ।
त्यसपछि आयोजित सभामा संस्थाका गण्डकी प्रदेश अध्यक्ष रजिस्टर डेन्टल हाइजेनिस्ट युवराज पौडेलले राज्यले मुख स्वास्थ्यप्रति सचेतना र लगानी बढाउनुपर्नेमा जोड दिए । दाँत र मुख स्वस्थ्यले व्यक्तित्व विकास, शारीरिक तन्दुरुस्तीमा समेत विशेष भूमिका खेल्ने उनको भनाइ छ । संस्था यसबारे चेतना बढाउने र समुदायलाई सजग बनाउन विभिन्न कार्यक्रमका साथ क्रियाशील रहेको उनले सुनाए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया