बागलुङ समाज पोखरामा ठाकुर

पोखरा ।
बागलुङ समाज पोखराको १२ औं अधिवेशनबाट ठाकुर सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको छ । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो ।
समाजको उपाध्यक्षमा नरेश सुवेदी, सचिव गंगा पुन, सहसचिव कोपिला श्रीष र कोषाध्यक्षमा बालकृष्ण सापकोटा निर्वाचित भएका छन् । सदस्यमा प्रकाश मल्ल, अनिल श्रेष्ठ, दुर्गाबहादुर खत्री, सुशील थापा, गोमा कार्की बास्कोटा र रमेश विक चुनिएका छन् ।
कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेलले समाज, संघ, संस्था विकास, प्रगति र समतामूलक समाज स्थापनाका माध्यम बन्नुपर्नेमा जोड दिए । बागलुङ निर्वाचित सांसद पौडेलले अहिलेको युगमा मानिस जीविकोपार्जन र अवसरका लागि देश र विदेशका विभिन्न ठाउँमा पुग्ने भए पनि आफ्नो जन्मभूमिको विकासमा यथोचित ध्यान दिनुपर्नेमा जोड दिए ।
समाजका पूर्वअध्यक्ष सुनिल पाण्डे संयोजक रहेको निर्वाचन समितिले कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो । संस्थाका अध्यक्ष डिल्ली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेशसभाका प्रमुख सचेतक गोविन्द नेपाली, सांसद कृष्ण पाठक, पूर्व प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटा लगायतले बोलेका थिए । समारोहमा पूर्वअध्यक्ष कुलचन्द्र शर्मा सम्मानित भएका छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया