सुरजकी ‘प्रिया’ बजारमा

पोखरा ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलको मुक्तक सञ्चयन प्रिया बजारमा आएको छ । शनिबार सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका लेखक विष्णुप्रसाद अधिकारीले कृति सार्वजनिक गरे ।
अधिकारीले प्राध्यापक निष्कलंक हुनुपर्नेमा जोड दिँदै साहित्यको शक्ति जीवन्त रहने औँल्याए । उनले विद्यार्थीमा नैतिक आचारण सिकाउन सुझाव दिँदै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटी अन्त्य गर्नुपर्ने सुझाए । पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहँदा प्राज्ञिक मूल्य, मान्यता हराउँदै गएको उनले औंल्याए ।
प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले प्रिया मुक्तक संग्रहलाई हरेक कोणबाट नियाल्न सकिने स्पष्ट पार्दै सष्ट्रालाई व्यक्तिबाट माथि उठी व्यक्तित्वका रुपमा चिन्नुपर्ने तर्क गरे । परिचर्चाकार डा श्रीधर न्यौपानेले समग्रमा प्रणायमूलक विषयवस्तु समेटी संग्रह प्रकाशन गरिएको स्पष्ट पारे । उनले विषय संयोजनका दृष्टिले संग्रह सवल रहेको सुनाए ।
सर्जक पौडेलले प्रिया जन्मनुमा सहकर्मीहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अध्ययन गरी सुझाव दिन आग्रह गरे । प्रतिष्ठानका पूर्व अध्यक्ष डा भूमिराज बस्ताकोटीले सरल, मिलनसार, वचनबद्ध व्यक्तित्वका रुपमा लेखक पौडेललाई चिनाए ।
कार्यक्रममा धुव्रराज पौडेल, जय चापागाई लगायतको समूहले साङगीतिक प्रस्तुति राख्यो । त्यस्तै, रीता अधिकारी, श्रीराम अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष हरिश्चन्द्र भण्डारी लगायतले रचना वाचन गरे ।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिममाया पौडेल र सचिव डा भानुभक्त आचार्यले पनि बोलेका थए । प्रियामा १ सय ५५ मुक्तक संगृहित छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया