बलेवा विमानस्थल चलाउन माग

बागलुङ ।
विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यति बेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो ।
त्यो बेला यहाँ नियमितरूपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका हुन् । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडिएको हो ।
त्यसलगत्तै बलेवा विमानस्थलमा जहाड उड्न छाडे । विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो । तर त्यसले निरन्तरता भने पाउन सकेन । ९ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाड उडान बन्द भयो ।
विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको रु सात करोडको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन् । बागलुङ नगरपालिका १४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गरे ।
‘हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए । पसिना बगाएर विमानस्थल निर्माण गरे । तर हवाई सेवा ठप्प छ’, उनको गुनासो छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । विमानस्थल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने उनी सुनाउँछन् ।
बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्र हुनुपर्ने उल्लेख गरे । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दी लगायतका स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया