पोखरा ग्यालेक्सीमा राजेन्द्र

समाधान संवाददाता २०८० चैत ११ गते १३:०२

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्यालेक्सीको अध्यक्षमा राजेन्द्रप्रसाद आचार्य निर्वाचित भएका छन् । पोखरामा भएको क्लबको तेस्रो अधिवेशनबाट आचार्य अध्यक्षमा निवाचित भएका हुन् ।

Advertisement


क्लबको प्रथम उपाध्यक्षमा छविलाल गौतम, द्वितीय उपाध्यक्षमा सुजनबाबु अधिकारी, तृतीय उपाध्यक्ष माधव अधिकारी र सचिवमा जीवलाल न्यौपाने निर्वाचित भएका छन् । कोषाध्यक्षमा निकेश थापा, सहसचिव आलम मियाँ, सदस्यमा प्रल्हाद थापा, विधान बस्ताकोटी लगायत निर्वाचित भएका छन् ।


कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका द्वितीय भाइस गभर्नर दुर्गाप्रसाद हुमागाईं, क्लबका संस्थापक अध्यक्ष एवं डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर होमविलास सापकोटा, चार्टर नाइट सेलिब्रेसन चिफ मगनलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा निर्वाचन संयोजक सुवास आचार्य, वर्तमान अध्यक्ष अम्बर बहादुर थापा, सहसचिव जीवलाल न्यौपाने नवनिर्वाचित टिमलाई बधाई दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया