जेपी क्रस र मनिषा सम्मानित

पोखरा ।
कृष्णबहादुर टेकबहादुर शैक्षिक प्रतिष्ठानको साधारण सभा शनिबार भएको छ । प्रतिष्ठानका सभापति प्राध्यापक तारा बरालको अध्यक्षतम भएको सभामा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सहस्राब्दी पुरुष कर्णेल जेपी क्रस र युवा वैज्ञानिक मनिषा द्वालाई सम्मान गर्न पाउँदा खुसी लागेको जनाए ।
उनले समाजमा यस किसिमको कार्यले श्रृजनशील र क्षमता बोकेका मानिसको मनोबल उच्च हुने उल्लेख गरे । पछिल्लो समय युवा विदेशिने र बौद्धिक पलायन हुने क्रम अत्यन्त बढिरहेको सन्दर्भमा यसले विशेष सन्देश दिने उनको भनाइ छ ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रा. रामगोपाल ढेवाजूले कृष्णबहादुर ढेवाजू र टेकबहादुर ढेवाजूको जीवन यात्राबारे प्रकाश पारे । कार्यक्रममा प्रतिष्ठानका सचिव उपेन्द्र सुवेदीले प्रगति प्रतिवेदन पेश गरे । सम्मानितद्वय कर्णेल जेपी क्रस र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) की सदस्य, मनिषा द्वाले सम्मानले ऊर्जा थपिएको उल्लेख गरे ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले प्रतिष्ठानसँग सहकार्य गर्दै शैक्षिक तथा समाज विकासका कार्यमा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिवद्धता गरे । कार्यक्रममा प्रतिष्ठानका संरक्षक सदस्य तथा भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीले पनि बोलेका थिए ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया