किरा फटेंग्राका कारण पोखरा विमानस्थलमा ३ घण्टा उडान प्रभावित
समाधान संवाददाता
२०८० चैत ११ गते १३:४१

पोखरा ।
पोखरा विमानस्थलमा किरा फटेंग्राका कारण आइतबार बिहान ८ बजेदेखि उडान प्रभावित भएको छ । विमानस्थलमा किरा देखिएपछि ती किरा खान चराको बथानै आएपछि ३ घण्टा उडान–अवतरण प्रभावित बनेको हो ।
चराको गतिविधिका कारण विमानस्थल बन्द रहेको विमानस्थलका प्रवक्ता जशोदा रेग्मीले समाधानलाई बताइन् । ‘घाम लाग्ने, अस्ति पानी पर्यो आज घाम लाग्यो जसले गर्दा किराहरु निस्किए, पुरै रनवे सफा गरेका छौं,’ उनले भनिन्, ‘अहिले विमानस्थल सामान्य भइसकेको छ, बिहान ३ घण्टा प्रभावित भएकाे थियो ।’
आज यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो । बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया