फेवा किनारमा भारतीय ओडिसी नृत्य

पोखरा ।
नेपाल र भारतको साझा सांस्कृतिक पर्व फागु पूर्णिमा (होली)को पूर्वसन्ध्यामा शनिबार भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत भएको छ । फेवाताल किनारको वाराहीघाटमा भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम भएको हो ।
साझा संस्कृति र दुवैथरी देशका संस्कृतिलाई एउटै मञ्चमा उतारेर दुई देशको सम्बन्ध झन् बलियो बनाउने उद्देश्यसहित कार्यक्रम भएको हो ।
कार्यक्रममा श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहारः वसन्तको रंग प्रस्तुत गरिएमको थियो । भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभंगीमा ओडिसी नृत्य कलाकारहरुले प्रस्तुत गरेका थिए । नेपालका तर्फबाट लाखे नृत्यसँगै नेपाली लोकनृत्यको नेतृत्व निश्कल उदासले गरे । उनलाई संगीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए ।
त्यस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीच धेरै सांस्कृतिक समानता रहेको सुनाए । यस्ता कार्यक्रमले दुई देशको विविधता झल्काउने र दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त मुख्यमन्त्री पाण्डेले गरे ।
भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध रहेको बताए । उनले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गर्दै भारतीय पर्यटकहरुले नेपाल र पोखरा भ्रमण गर्ने विश्वास व्यक्त गरे ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया